तोडफोड र आगजनीमा आफ्ना कार्यकर्ताको संलग्नता देखिए कारबाही गर्छौँ : माओवादी

हिमाल प्रेस २९ भदौ २०८२ १८:५१ | Sunday, September 14, 2025
तोडफोड र आगजनीमा आफ्ना कार्यकर्ताको संलग्नता देखिए कारबाही गर्छौँ : माओवादी

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा तोडफोड र आगजनीमा आफ्नो पार्टीका कार्यकर्ताको संलग्नता देखिए कडा कारबाही गर्ने बताएका छन्।

आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै माओवादीले उक्त गतिविधिमा आफ्नो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कडाभन्दा कडा कारबाही गर्न तयार रहेको बताएको हो।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तथ्य र प्रमाण फेला परे सरकारले सख्त कारबाही गरोस् भनि आग्रह गर्दछौँ।’

साथै माओवादीले ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भएको भनी गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस्ता दुष्प्रचारबाट भ्रममा नपर्न अपिलसमेत गरेको छ।

‘आन्दोलनभित्र प्रतिगामी, लोकतन्त्र र गणतन्त्र विरोधी तत्वहरु घुसेर जुन खालको विध्वंश र वितण्डा मच्चाएका छन्, त्यसको हाम्रो पार्टी कडा शब्दमा विरोध र भ्रर्त्सना गर्दछ। यसले आन्दोलनको मूल उद्देश्य र छविलाई नै धुमिल बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

साथै माओवादी पार्टीका कार्यालयहरू, अध्यक्ष प्रचण्डलगायत नेता, कार्यकर्ता र परिवारका घर र अन्य सम्पत्तिमा आगजनी र तोडफोड भएको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २९ भदौ २०८२ १८:५१ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast