तुइन खोलामा पहिरो खसेर हैरानी, बारम्बारको प्रयासले एकतर्फी खुल्यो सडक

हिमाल प्रेस ७ असोज २०८२ १०:०२ | Tuesday, September 23, 2025
तुइन खोलामा पहिरो खसेर हैरानी, बारम्बारको प्रयासले एकतर्फी खुल्यो सडक फाइल तस्बिर।

काठमाडौँ- पहिरो खसेर अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। तुइन खोलानजिक झरेको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकलाई दुईतर्फी खुलाउने प्रयास भइरहेको छ। सोमबार दुईतर्फी सडक खुले पनि पहिरो खस्ने क्रम नरोकिएकोले कहिले अवरुद्ध त कहिले एकतर्फ रूपमा सडक सञ्चालन हुँदै आएको छ ।

सवारी चालकले सवारीसाधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको कार्यालयले जनायो। लेन अनुशासनको पालना गरेर यात्रा गर्न कार्यालयले अनुरोध गर्दै आएको छ।

प्रकाशित: ७ असोज २०८२ १०:०२ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast