तनहुँ कारागारबाट भागेका २२ कैदीबन्दी नियन्त्रणमा

हिमाल प्रेस २६ भदौ २०८२ २०:५६ | Thursday, September 11, 2025
तनहुँ कारागारबाट भागेका २२ कैदीबन्दी नियन्त्रणमा सांकेतिक तस्बिर

डुम्रे (तनहुँ)- जिल्ला कारागार तनहुँबाट भागेका ३२७ मध्ये २२ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक अशोक थापाले उक्त  जानकारी दिएका हुन्। कारागार प्रशासनले फरार भएका कैदीबन्दीका परिवार र आफन्तसँग सम्पर्क गरेर  सुरक्षित फिर्ताका लागि आग्रह गरेको छ।

कारागार निमित्त प्रमुख पुष्प राउतले फरार कैदीबन्दीमध्ये २० जना महिला र बाँकी पुरुष छन्। मंगलबार दिउँसोदेखि आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला अदालत, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सिँचाइ कार्यालय लगायतमा आगजनी र तोडफोड गर्दा कारागार परिसर पनि निशानामा परेको थियो। त्यसै क्रममा साँझ कैदीबन्दी भागेका हुन्।

प्रकाशित: २६ भदौ २०८२ २०:५६ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast