डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय

हिमाल प्रेस ३० भदौ २०८२ १५:०३ | Monday, September 15, 2025
डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय मन्त्री कुलमान घिसिङ

काठमाडौँ- ऊर्जामन्त्रीमा नियुक्त भएका कुलमान घिसिङले पदभार ग्रहण गरेलगत्तै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन्।

शपथ ग्रहणपश्चात घिसिङ त्रिवि शिक्षण अस्पताल पुगेर आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका आफन्तसँग भेट गरेका थिए। त्यसपछि मात्र उनी सिंहदरबार पुगेका हुन्।

ऊर्जा मन्त्रालयमा प्रवेश गरेपछि उनले पहिलो निर्णयका रूपमा डेडिकेटेड र ट्रंक लाइन प्रयोगकर्ताबाट उठ्न बाँकी रकम असुल गर्ने घोषणा गरेका छन्।

यसअघि डेडिकेटेड लाइनको बक्यौता उठाउने विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग मतभेद भएपछि घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको थियो।

हाल प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्।

प्रकाशित: ३० भदौ २०८२ १५:०३ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast