टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस ३० भदौ २०८२ १५:१३ | Monday, September 15, 2025
टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा परी घाइते भएका बा ४६ प ४६०० नम्बरको मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘उक्त दुर्घटनमा घाइते भएका केसीको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ, ठक्कर दिने टिपरको नम्बर खुलेको छैन, खोजी कार्य जारी छ।’

प्रकाशित: ३० भदौ २०८२ १५:१३ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast