झुम्का कारागारबाट भागेका १ हजार २९७ कैदी अझै फरार

हिमाल प्रेस २९ भदौ २०८२ १८:५६ | Sunday, September 14, 2025
झुम्का कारागारबाट भागेका १ हजार २९७ कैदी अझै फरार

इटहरी- जेन-जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका १ हजार २९७ जना अझै फरार रहेका छन्। जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीहरू गत मंगलबार राति कारागार प्रवेश गरी कैदीलाई भगाएको कारागार प्रशासनले जनाएको छ।

दिनभर शान्त रहेको कारागार राति एकाएक तनावग्रस्त बनेको थियो। कारागार प्रशासनका अनुसार मंगलबार राति साढे १० बजे ब्लक ‘बी’ बाट करिब ४५० कैदी एकैपटक भागेका थिए।

प्रहरी प्रशासन विस्थापित भइसकेकाले र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेका कारण ठूलो संख्यामा कैदी भागेका थिए। खास गरी आन्दोलनका क्रममा कारागारबाट एक हजार ५ सय ७५ जना कैदी फरार भएका थिए। प्रहरी र सेनाले तत्कालै खोजतलास गर्ने क्रममा भागेकामध्ये केहीलाई पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाइएको भए पनि अझै ठूलो संख्यामा कैदी फरार छन्।

जेलर सुवासकुमार लामिछानेका अनुसार अहिले कारागारमा ४९९ जना मात्र कैदी छन्। फरार भएका कैदीका आफन्तलाई सम्पर्क गरी तत्काल बुझाइदिन आग्रह गरिएको उनले बताए।

झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी कुल क्षेत्रीय कारागार झुम्कामा ब्लक ‘ए’ र ‘बी’ गरी हाल १ हजार ७९३ कैदी रहेका थिए।

प्रकाशित: २९ भदौ २०८२ १८:५६ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast