जेलले निस्के भनेर निस्किएको हुँ, आफैं निस्केको होइन : रवि लामिछाने

हिमाल प्रेस २५ भदौ २०८२ १९:४४ | Wednesday, September 10, 2025
जेलले निस्के भनेर निस्किएको हुँ, आफैं निस्केको होइन : रवि लामिछाने रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- रास्वपा सभापति रवि लामिछानेले सुरक्षा निकायले आफ्नो सुरक्षा दिन नसकेपछि आफूलाई छाडेको बताएका छन्। आज (बुधबार) फेसबुक लाइभमार्फत् हुने आफू कारागारमा निस्कन नचाहेको तर भिड बढेपछि कारागारले नै जान भनेको बताएका हुन्।

‘म कारागारबाट निस्कन चाहेको होइन, पत्रबिना जाँदिनँ भनेको हो,’ उनले भने, ‘मैले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीहरुलाई भनेको छु, मलाई कस्टडीमा राख्नुस्, नियन्त्रणमा लिनुस्।’

तर उनीहरुले आफैं सुरक्षित बस्नुस्, सुरक्षा दिन नसकेरै होला कारागार प्रशासनले पत्र दिएको भनेर भनेको पनि उनको भनाइ छ । त्यसपछि यस विषयमा आजै न्यायिक निकायहरुलाई जानकारी गराइसकेको बताएका छन् ।

यस्तै उनले आन्दोलन जेनजीको भएको र त्यसको नेतृत्व पनि जेनजीले नै तय गरोस् भन्ने चाहेको बताएका छन्।

‘म सरकार बनाउने, सरकारमा जाने कुनै पनि दौडमा छैन, कसैसँग कुनै बैठक गरेको छैन, म यो रेसमा छैन भनेर धेरैपटक भनिसकेँ,’ लामिछानेले भनेका छन्, ‘मेरो नाममा विवाद गर्नै पर्दैन । रेसमा नआओस् भनेर डिफेम गर्न पर्दैन। म यो रेसमा छँदैछैन। तर यो देश रहनुुपर्छ।’

उनले आफू देश, लोकतन्त्र, नागरिक सर्वोच्चतामा कसैसँग नडराई दह्रोसँग उभिने तागत बाँचुञ्जेल राख्ने पनि बताएका छन्।

साथै उनले कांग्रेस एमालेले आफूलाई झुटा मुद्दामा फसाएको पनि दोहोर्‍याए। आफूमाथि प्रतिशोध साँधिएको भनेर झण्डै ४० लाखले हस्ताक्षर गरेर ऐक्यबद्धता जनाएको पनि उनले जानकारी दिए।

प्रकाशित: २५ भदौ २०८२ १९:४४ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast