जेनजी प्रदर्शनमा सहादत प्राप्त गरेका कुलुङको शव जिल्ला ल्याइयो

हिमाल प्रेस १ असोज २०८२ १२:५२ | Wednesday, September 17, 2025
जेनजी प्रदर्शनमा सहादत प्राप्त गरेका कुलुङको शव जिल्ला ल्याइयो

सङ्खुवासभा- गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-३ का २१ वर्षीय प्रवीन कुलुङको पार्थिव शरीर सङ्खुवासभा ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टमार्फत कुलुङको शव आज बिहान ल्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन्। प्रतिकूल मौसमका कारण कुलुङको शव मंगलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो।

सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए।

श्रद्धाञ्जली सभापश्चात् मृतकका आफन्तलाई शव बुझाइएको थियो। सिलिचोङ-३ स्थित लकुवामा कुलुङ जातिको जातीय संस्कारअनुसार कुलुङको अन्त्येष्टि गरिने सिलिचोङ गाउँपालिका अध्यक्ष मेवाहाङले बताए।

किशोर कुलुङका छोराहरू मध्ये प्रवीन माइला भएको जनाइएको छ। प्रवीनको निधनले सिलिचोङसहित सङ्खुवासभामा शोकमा ढुबेको छ। स्थानीयहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन्।

प्रकाशित: १ असोज २०८२ १२:५२ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast