जेनजी गण्डकीका ११ माग : संसद् विघटनदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म

हिमाल प्रेस २६ भदौ २०८२ २०:३४ | Thursday, September 11, 2025
जेनजी गण्डकीका ११ माग : संसद् विघटनदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म

पोखरा- जेनजी गण्डकी प्रदेशले ११ वटा माग सार्वजनिक गरेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै संसद् तत्काल विघटन गर्नुपर्नेदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरिएको हो।

उनीहरुले जारी गरेको विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन प्रस्तावसहित समर्थन गरिएको छ । साथै प्रतिनिधि सभा र प्रदेश सभामा सांसदहरुको संख्यामा पुनर्विचार गर्दै निर्वाचन प्रक्रियामा समावेशी सिद्धान्त अवलम्ब गर्नुपर्ने तर समानुपातिक निर्वाचन प्रणाली खारेज हुनुपर्ने एवं राष्ट्रिय सभा गैरदलीय बनाउन माग गरिएको छ ।

यस्तै राष्ट्रपतिमा पनि स्वदेशमै रहेर निरन्तर ५ वर्ष राष्ट्रको सर्वोपरी हितमा काम गरेको सक्षम व्यक्तिलाई मनोनयन गर्नुपर्ने, निर्वाचन आयोगमा दर्ता भएका सम्पूर्ण राजनीतिक दलहरुको नाम र चुनाव चिह्न परिवर्तन गरेर निर्वाचनमा सहभागी हुने अधिकार सुनिश्चित गर्नुपर्ने, संवैधानिक आयोगहरुलाई स्वतन्त्र, निष्पक्ष, सक्षम र स्वायत्त ढंगले काम गर्न सक्ने गरी पुनर्संरचना गर्नुपर्नेलगायतका काम गरिएको छ।

प्रकाशित: २६ भदौ २०८२ २०:३४ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast