जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

हिमाल प्रेस ३१ भदौ २०८२ १९:१४ | Tuesday, September 16, 2025
जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद्को परिसरमा श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।

राखेप सदस्य सचिव टंकलाल घिसिङ, अन्य पदाधिकारी, विभिन्न खेलमा आबद्ध खेलाडी लगायतले दीप प्रज्वलन गरेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। राखेप सदस्य सचिव घिसिङले परिवर्तनका निमित युवाहरूले गरेको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाको बलिदानको कदर हुनुपर्ने बताए।

आन्दोलनको उदेश्य प्राप्तका लागि खेलकुदका क्षेत्रबाट निरन्तर खबरदारी गरिरहने उनको भनाइ छ।

प्रकाशित: ३१ भदौ २०८२ १९:१४ | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast