जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन

हिमाल प्रेस १ असोज २०८२ १८:५० | Wednesday, September 17, 2025
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ।

नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाई एसोसिएसन नेपाल, जेनजी युवा समूहलगायत संघ संस्थाहरूले बुधबार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन्। सो क्रममा उनीहरूले मौनधारण समेत गरेका थिए।

भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ। सरकारले जेनजी युवाहरूको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाउदै सार्वजनिक बिदा दिएको थियो।

प्रकाशित: १ असोज २०८२ १८:५० | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast