जेनजी आन्दोलन पछिको बदलिँदो परिस्थितबारे समीक्षा गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

हिमाल प्रेस ७ असोज २०८२ ७:३७ | Tuesday, September 23, 2025
जेनजी आन्दोलन पछिको बदलिँदो परिस्थितबारे समीक्षा गर्न बस्दैछ रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनका अनुसार, बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ। जसमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी सङ्गठन एवं विभाग सम्बन्धी, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयहरू रहेका छन् ।

जेनजी प्रदर्शनपछि बदलिएको परिस्थितिमा बस्न लागेको पार्टीको बैठकलाई अर्थपूर्ण मानिएको छ।

प्रकाशित: ७ असोज २०८२ ७:३७ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast