‘जेनजीहरूका दाइ’ महावीर पुनले भने : बस्नका लागि मन्त्रालयमै एउटा कोठा भए हुन्छ, सरकारी सुविधा चाहिन्न

हिमाल प्रेस ६ असोज २०८२ १६:४७ | Monday, September 22, 2025
‘जेनजीहरूका दाइ’ महावीर पुनले भने : बस्नका लागि मन्त्रालयमै एउटा कोठा भए हुन्छ, सरकारी सुविधा चाहिन्न

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले आफूलाई कुनै पनि सरकारी सुविधा नचाहिने बताए। सोमबार शिक्षा मन्त्रालयमा पद बहाली गर्दै उनले उक्त कुरा बताएका हुन्। यसैगरी उनले आफूहरू जेनजीहरूको दाइ रहेको पनि बताए।

उनले भने, ‘अहिलेसम्म मैले ३० वर्षभन्दा कम उमेरका साथीहरूसँग मात्रै काम गरेको छु।’ उनले आफूले कुनै सरकारी सुविधा नलिने पनि बताए। ‘मलाई मन्त्रि क्वार्टर चाहिन्न। म अहिले नै के निर्देशन दिन्छु भने यहाँ एउटा कोठा बनाउनुस्। त्यहाँ एउटा बेड भए पुग्छ। अनि एउटा टेबुल र एउटा कुर्सी।’

उनले जहाँ काम गर्‍यो त्यहीँ बस्ने आफ्नो बानी रहेको सुनाए। उनले खाना आफैँले पकाएर खाने पनि बताए। उनले पीएसओलाई पनि आफ्नो पछिपछि नहिँड्न निर्देशन दिए। ‘मेरो आफ्नो गाडी छैन। अफिस टु अफिस कहिले काम पर्‍यो भने मन्त्रालयको गाडी प्रयोग गर्छु। अरू काममा जान मन्त्रालयको गाडी प्रयोग गर्दिनँ’, मन्त्री पुनले भने।

प्रकाशित: ६ असोज २०८२ १६:४७ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast