जेनजीको नाममा अराजक समूहद्वारा आगजनी बाबुरामको घर शुभेच्छुकले सरसफाइ गर्दै

हिमाल प्रेस ३० भदौ २०८२ १०:४५ | Monday, September 15, 2025
जेनजीको नाममा अराजक समूहद्वारा आगजनी बाबुरामको घर शुभेच्छुकले सरसफाइ गर्दै

काठमाडौँ- जेनजी पुस्ताको प्रदर्शनका क्रममा केही अराजक समूहले आगजनी गरेर ध्वस्त बनाएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको टोखास्थित घर सरसफाइमा डा.भट्टराईका शुभेच्छुकहरू जुटेका छन्।

उनीहरू सोमबार स्वस्फूर्त रूपमा घर सरसफाइमा जुटेका हुन्। शुभेच्छुक मध्येका एक रूपनारायण श्रेष्ठ भन्छन्, ‘केही अराजक तत्वले आगजनी गरेका पूर्वप्रधानमन्त्री डा.भट्टराईको घर सरसफाइमा जुटेका छौं। यहाँ धेरै शुभेच्छु कहरू आउनुभएको छ।’

डा.भट्टराईको घरमा सबैभन्दा धेरै रहेको पुस्तकहरूसहित सामग्रीहरू खरानी भएका छन्। यही भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्ध प्रदशर्न गरेका थिए।

डा.भट्टराईले जेनजीले उठाएका मागमा समर्थन गर्दै आफैँ पनि वर्षौंदेखि सत्ताबाहिर रहेर भ्रष्टाचार, बेथिति, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिजस्ता मुद्दामा आवाज उठाइरहेका छन्।

प्रकाशित: ३० भदौ २०८२ १०:४५ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast