जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन

हिमाल प्रेस ३ असोज २०८२ १७:४२ | Friday, September 19, 2025
जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन फाइल तस्बिर

काठमाडौँ– गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण संकलन गर्न समिति गठन गरिएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो।

समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ। गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार समिति गठन गरिएको प्रवक्ता पण्डितले जानकारी दिइन्।

गत भदौ २३ गते र भदौ २४ गते कर्मचारीका सवारीसाधन मन्त्रालय परिसरमै थिए। त्यस दिन सिंहदरबारको मूलढोकाबाट सरकारी नम्बर प्लेटका गाडी निकाल्न दिइएको थिएन। मन्त्रालयअन्तर्गत रहेको बालाजुस्थित मत्स्य विकास केन्द्रमा रहेका सरकारी सवारीसाधन पनि जलाइएका र त्यसको विवरण तयार पारेर प्रतिवेदन बुझाइने प्रवक्ता पण्डितले बताइन्।

मन्त्रालयको ४१ गाडीमा आगजनीबाट क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका २९ मोटरसाइकल जलाइएका छन्। मन्त्रालय परिसरमा पार्किङ गरिराखिएका नौ मोटरसाइकल हराएका तथा १० स्कुटर जलाइएका सवारी हेर्ने शाखाका कर्मचारी लोमश आचार्यले जानकारी दिए।

प्रकाशित: ३ असोज २०८२ १७:४२ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast