चुनाव गरेर नयाँ सरकारलाई जिम्मेवारी सुम्पने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस २९ भदौ २०८२ १३:४९ | Sunday, September 14, 2025
चुनाव गरेर नयाँ सरकारलाई जिम्मेवारी सुम्पने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणपछि आयोजित कार्यक्रममा निर्देशनसहितको सम्बोधन गर्दै। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरी नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताएकी छन्। सिंहदरबारमा आइतबार पदभार ग्रहण गरेपछि सरकारका उच्च पदस्थ कर्मचारीलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र निर्वाचन सम्पन्न गरी नयाँ संसद् र सरकारलाई जिम्मेवारी सुम्पने बताएकी हुन्। सरकारले फागुन २१ गतेका लागि निर्वाचन तोकेको छ।

जेनजी आन्दोलनले सुम्पेको जिम्मेवारीअनुसार नै आफूले पद सम्हालेको स्पष्ट पार्दै कार्कीले सत्ताको रसास्वादन गर्न नभई सडकबाट जताततै आवाज उठेका कारण प्रधानमन्त्री पदमा आउनुपरेको स्पष्ट पारिन्।

कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा ५९ जना सर्वसाधारण, १० जना कैदीबन्दी अनि ३ जना प्रहरी गरी ७२ जनाको मृत्यु भएको जानकारी दिए। त्यस्तै त्यस्तै १३४ सर्वसाधारण र ५७ सुरक्षाकर्मीसहित १९१ जना घाइते भएको अर्यालले बताए।

प्रकाशित: २९ भदौ २०८२ १३:४९ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast