कांग्रेसले भन्यो : पार्टीभित्र जुन बहस गरियो, त्यो गम्भीर छ

हिमाल प्रेस ५ असोज २०८२ १०:४७ | Sunday, September 21, 2025
कांग्रेसले भन्यो :  पार्टीभित्र जुन बहस गरियो, त्यो गम्भीर छ कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापतिमाथि सांघातिक हमला भएको अवस्थामा पनि पार्टीकै जिम्मेवार नेताहरू संवेदनशील नदेखिएको बताएका छन्।

भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गरेको आफ्नो घरमा आइतबार पत्रकार सम्मेलन गर्दै ‍प्रवक्ता महतले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई लक्ष्य गर्दै पार्टीको नेतृत्वमाथि सांघातिक हमला हुँदा जिम्मेवार नेताहरू नै असंवदनशील बन्नुलाई दुर्भाग्य भनेका हुन्।

‘आलो घाउ ठीक नहुँदै पार्टीभित्र जुन बहस सुरू गरिएको छ। त्यसप्रति गम्भीर होऔँ,’ उनले भने।उनले पार्टी एक भएर कमि कमजोरी हटाउँदै अघि बढ्ने बेला आलो घाउमा नुन छर्ने प्रवृत्ति देखिएको पनि बताए।

काठमाडौँमा २३ गतेको प्रदर्शनअगाडि त्यही सभापति ठीक हुने र अहिले परिस्थिति बदलिएपछि गलत हुने भन्ने प्रवृत्ति देखिएको प्रवक्ता महतले बताए।

उनले सांघातिक हमलाबाट घाइते भएका सभापतिको उपचार भइरहेको र उनको उपचार सकिएपछि नेतृत्वबारे पार्टीभित्र छलफल गर्न सकिने बताए।

‘छलफलका लागि पार्टीका संरचना छन्। केन्द्रीय समिति छ। त्यहाँ गम्भीर छलफल गर्न सक्छौं। किन र कसरी भयो भनेर मूल्यांकन गर्छौं। त्यसका आधारमा सुधार पनि गर्छौं, उनले भने, ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा, उपचार पूरा हुँदासम्म पर्खिनुपर्दैन? आकाश खस्छ? त्यसका लागि पनि नपर्खिने?’

प्रकाशित: ५ असोज २०८२ १०:४७ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast