कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

हिमाल प्रेस १ असोज २०८२ १४:१८ | Wednesday, September 17, 2025
कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए फाइल तस्बिर

अत्तरिया (कैलाली)- कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन्। गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन्। हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए। उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए।

फर्किएकामध्ये अधिकांश आफैँ सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उनले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए। उनले भने, ‘कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ। हामीले पनि सूचना जारी गरेका छौँ। प्रहरीले पनि खोजीकार्य जारी राखेको छ। छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ।’

कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए। ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका कारागार प्रशासनले जनाएको छ। अझै  ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए।

प्रकाशित: १ असोज २०८२ १४:१८ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast