कार्की क्याबिनेटमा सुमना श्रेष्ठ मन्त्री नबन्ने

हिमाल प्रेस २८ भदौ २०८२ ११:४६ | Saturday, September 13, 2025
कार्की क्याबिनेटमा सुमना श्रेष्ठ मन्त्री नबन्ने सुमना श्रेष्ठ। फाइल तस्बिर : रासस

काठमाडौँ– रास्वपा नतृ एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले नवगठित मन्त्रिपरिषद्मा आफू मन्त्री नबन्ने बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभमार्फत आफू सेवा भावनाले वर्तमान सरकारलाई सहयोग गर्न तयार रहे पनि मन्त्री बन्ने नसोचेको बताएकी छन्।
उनी शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएकि थिइन्। कतिपयले सुमना पनि यो सरकारमा मन्त्री हुने अनुमान गरेका थिए।

उनले भनेकी छन्, ‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु ।’

युवाहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो भन्दै उनले त्यो संस्कार परिवर्तनमा केन्द्रित हुनुपर्ने बताइन् । ‘उहाँहरु (युवाहरु)को बलिदान संस्कार परिवर्तनका लागि थियो । त्यो संस्कार परिवर्तनमा हामी लाग्नुपर्छ । त्यसैमा हामीले फोकस गरौं ।’

प्रकाशित: २८ भदौ २०८२ ११:४६ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast