फाइल तस्बिर
                                            काठमाडौँ- काठमाडौँ जिल्ला अदालतको सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ। अदालतले आइतबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। भदौ २४ मा भएको आगजनीका कारण अदालत पूर्ण रूपमा जलको छ।
साथै अदालतमा रहेका सम्पूर्ण मुद्दाका मिसिल, इजलास तथा फाँट जलेर नष्ट भएको अदालतले जनाएको छ। ‘यस अदालतबाट प्रवाह हुने पेसीलगायतका सम्पूर्ण सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बेहोरा सरोकारवाला सबैमा जानकारीका लागि सूचित गरिन्छ’, सूचनामा उल्लेख छ।
                            प्रकाशित: २९ भदौ  २०८२ १४:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


