काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

हिमाल प्रेस २५ भदौ २०८२ ९:१९ | Wednesday, September 10, 2025
काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौँ- काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको हो।

साथै नेपाली सेनाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ। ऐतिकासिक, सामाजिक, सांस्कृतिक, धार्मिकस्थल तथा व्यक्तिगत सम्पत्तिको सुरक्षामा सबै सुरक्षा निकाय तैनाथ भएकाले अवाञ्छित गतिविधि हुन लागेको जानकारी पाएमा तत्काल सुरक्षा फौजलाई खबर सेनाले पुनः आग्रह गरेको छ।

हाल सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। यद्यपि मानिस र सवारीसाधनको उपस्थिति न्यून छ। प्रदर्शनकारीले सार्वजनिक र निजी सम्पत्तिमा झोसेको आगो निभाउने प्रयासमा सुरक्षाकर्मी छन्।

प्रकाशित: २५ भदौ २०८२ ९:१९ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast