काठमाडौँमा जथाभावी यात्रु चढाउने-झार्ने सार्वजनिक सवारीसाधनमाथि कारबाही हुने

हिमाल प्रेस ५ असोज २०८२ १५:५४ | Sunday, September 21, 2025
काठमाडौँमा जथाभावी यात्रु चढाउने-झार्ने सार्वजनिक सवारीसाधनमाथि कारबाही हुने

काठमाडौँ- उपत्यकाभित्र अब तोकिएको स्थानभन्दा बाहिर यात्रु चढाउने वा झार्ने सार्वजनिक सवारीसाधनलाई कारबाही गरिने भएको छ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सवारीसाधनले तोकिएको स्थानमै रोक्नुपर्ने र जथाभावी रोकिए कानुनअनुसार कारबाही हुने चेतावनी दिएको हो।

विभागका अनुसार बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण र अपुग सडक पूर्वाधारका कारण उपत्यकाको यातायात व्यवस्थापनमा समस्या देखिएको छ। यसलाई समाधान गर्न तोकिएको स्थानमै यात्रु चढाउनेओराल्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो।

उपत्यकामा अहिले जथाभावी सवारी रोक्ने मात्र नभई तोकिएको स्थानमै पनि अनावश्यक ढिला गरी यात्रु कुर्नेजस्ता समस्या देखिँदा यात्रुले समयमा गन्तव्य पुग्न कठिनाइ भएको विभागले जनाएको छ।

प्रकाशित: ५ असोज २०८२ १५:५४ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast