एसिया कप २०२५ : हात नमिलाउने विषयले चुलियो विवाद

हिमाल प्रेस ३० भदौ २०८२ १५:४२ | Monday, September 15, 2025
एसिया कप २०२५ : हात नमिलाउने विषयले चुलियो विवाद फाइल तस्बिर : क्रिक इन्फो

काठमाडौँ- एसिया कपअन्तर्गत आइतबार भारत र पाकिस्तानबीच भएको क्रिकेट खेलमा खेलाडीहरूबीच हात नमिलाउने विषयलाई लिएर विवाद चुलिएको छ। पाकिस्तान क्रिकेट टिमका म्यानेजर नवीद अकरम चीमाले भारतीय खेलाडीहरूले हात नमिलाएको घटनालाई ‘खेल भावनाविपरित’ भनेका छन्।

पाकिस्तानका कोच माइक हसनले पाकिस्तानी टोलीको प्रतिक्रिया स्वाभाविक भएको बताएका छन्।

दुबई स्टेडियममा आइतबार राति भएको खेलको टसपछि पनि दुवै टिमका कप्तानले हात मिलाएका थिएनन्। टसपछि दुई टिमका कप्तानहरूले हात मिलाउने परम्परा रहेको छ।

भारतले यो खेल जित्दा कप्तान सूर्यकुमार यादव र शिवम दुबे ब्याटिङ गरिरहेका थिए। जितेपछि यी दुवै ब्याटर पाकिस्तानी खेलाडीसँग हात नमिलाई सीधै मैदान छोडेर बाहिरिएका थिए। सूर्यकुमार र शिबमले भने दुवै अम्पायरहरूसँग हात मिलाएका थिए।

खेलको नतिजा आइसकेपछि मैदानमा रहेका दुवै टिमका खेलाडीहरूले हात मिलाउने परम्परा रहेको छ।

त्यसपछि पाकिस्तानी टोली भारतीय खेलाडीहरूसँग हात मिलाउन भारतीय डगआउटतर्फ अगाडि बढे। तर, त्यतिबेलासम्म भारतीय खेलाडीहरू ड्रेसिङ रुमतर्फ गइसकेका थिए। खेलपछि आयोजना हुने ‘पोस्ट म्याच प्रजेन्टेसन’ मा पाकिस्तान टिमका कप्तान सलमान आगा उपस्थित भएनन्।

खेलपछि आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा भारतीय कप्तान सूर्यकुमारले आफूहरूले यो जित पहलगाममा भएको आतंकवादी आक्रमणका पीडितहरूलाई समर्पण गरेको प्रतिक्रिया दिए।

प्रकाशित: ३० भदौ २०८२ १५:४२ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast