 
                             
                                            काठमाडौँ– एसिया कप क्रिकेटमा ओमानलाई सानदार हराउँदै पाकिस्तानले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा पाकिस्तानले ओमानलाई ९३ रनले हराएको हो ।
पाकिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याएको ओमान ६७ रनमै अलआउट भयो । हम्माद मिर्जाले २७ रन बनाए पनि अरु खेलाडी क्रिजमा टिक्न सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो । मोहम्मद हारिसले ४३ बलमा ६६ रन बनाए भने सहिबजादा फरहानले २९ रनको योगदान दिए ।
ओमानका स्पिनर आमिर कलीम र शाह फैसलले समान ३ विकेट लिएर पाकिस्तानलाई रोक्ने प्रयास गरे पनि मोहम्मद नवाजको अन्तिमतिरको खेलले टोलीलाई १५० पार गरायो ।
अब पाकिस्तानले आइतबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।
                            प्रकाशित: २८ भदौ  २०८२ ८:५७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 