एसिया कपमा श्रीलंकामाथि बंगलादेशको ४ विकेटको रोचक जित, आज पाकिस्तान र भारत भिड्दै

हिमाल प्रेस ५ असोज २०८२ ७:१९ | Sunday, September 21, 2025
एसिया कपमा श्रीलंकामाथि बंगलादेशको ४ विकेटको रोचक जित, आज पाकिस्तान र भारत भिड्दै

काठमाडौँ- एसिया कपको सुपर फोरको रोचक खेलमा बंगलादेशले श्रीलंकामाथि चार विकेटको जित निकालेको छ।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले एक बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो। खेलको अन्तिम ओभरमा दुई विकेट गुमाएको बंगलादेशले एक बल बाँकी हुँदा जितका लागि आवश्यक एक रन जोडेको हो। सुपर फोरको यो जितलाई महत्त्वका साथ हेरिएको छ।

सुरुमा ब्याटिङ गरेको श्रीलंकाका लागि कप्तान दासुन शानाकाले नटआउट अर्धशकत बनाए। उनले ३७ बलमा ६४ रन हिर्काए। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोडेनन्। पूरै २० ओभर खेलेको श्रीलंकाले ७ विकेटको क्षतिमा १६८ रन बनाएको थियो।

श्रीलंकालाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २० रन मात्र खर्चिएर तीन विकेट लिएका हुन्। उसका लागि माहीदी हसनले दुई विकेट हात पारे।

१६९ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि सैफ हसन र तौहिद हृदयोले अर्धशतक हिर्काए। हसनले ४५ बलमा ६१ रन जोड्दा तौहिदले ३७ बलमा ५८ रन बनाए। उसका लागि लिटन दासले २३ रन थपे।

बंगलादेशले श्रीलंकाविरुद्ध ६ विकेटको क्षतिमा एक बाल बाँकी हुँदा १६९ रन बनाउँदै महत्त्वपूर्ण जित दर्ता गरेको हो। यो जितले बंगलादेशले महत्त्वपूर्ण अवसर पाउने देखिएको छ भने श्रीलंकाको यात्रा कठिन बनेको छ। सुपर फोरका थप दुई खेलमा अब श्रीलंकाले पाकिस्तान र भारतको सामना गर्नेछ ।

सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: ५ असोज २०८२ ७:१९ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast