एसएसबीले लगायो झुलाघाट नाकामा आवतजावतमा रोक

हिमाल प्रेस २५ भदौ २०८२ १८:१३ | Wednesday, September 10, 2025
एसएसबीले लगायो झुलाघाट नाकामा आवतजावतमा रोक

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ। ‘जेन- जी’ आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत प्रवेश गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा रोक लगाएको हो।

एसएसबीले भारत प्रवेशमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुष्टि गरे। उनले भने, ‘भारतीय सुरक्षाकर्मीले नाकामा रोक लगाएको छ। नेपालको अशान्त परिस्थिती देखेर होला भारत प्रवेश गर्न दिइएको छैन।’

भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको छ। प्रजिअ पौडेलले भने, ‘भारत प्रवेशमा रोक लागेपछि हामीले पनि नेपालतर्फको गेट बन्द गरेर नाका सिल गरेका छौँ।’ रासस

प्रकाशित: २५ भदौ २०८२ १८:१३ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast