एमाले महासचिव पोखरेल भन्छन्- फेरि उठ्ने छौं

हिमाल प्रेस २५ भदौ २०८२ १०:०५ | Wednesday, September 10, 2025
एमाले महासचिव पोखरेल भन्छन्- फेरि उठ्ने छौं नेकपा (एमाले) महासचिव शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिमा धैर्य र संयमता आवश्यक रहेको सन्देश सामाजिक सञ्जालमार्फत दिएका छन्।

उनले कवि नेत्रलाल अभागीको चर्चित कविता उद्धृत गर्दै ‘हामी फेरि उठ्ने छौं’ भनेका छन्। पोखरेलले लेखेका छन्, ‘धैर्य गरौं, संयमित बनौं, हामी फेरि उठ्ने छौं।’

कवितामा आँधी हुरीको समयमै कसले साहस देखाउन सक्छ भन्ने सन्देश दिइएको छ।

आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
– नेत्रलाल अभागी
प्रकाशित: २५ भदौ २०८२ १०:०५ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast