एमालेले राज्यका सुरक्षा निकायमाथि उठायो प्रश्न

हिमाल प्रेस २६ भदौ २०८२ १४:४७ | Thursday, September 11, 2025
एमालेले राज्यका सुरक्षा निकायमाथि उठायो प्रश्न

काठमाडौँ- नेकपा एमालेले देशका गत मंगलबार भएको विध्वंसकारी घटना रोक्न नसकेको विषयमा सुरक्षा निकायमाथि प्रश्न उठाएको छ। ‘यति ठूलो विनाश रोक्न राज्यका सुरक्षा निकाय किन प्रभावकारी हुन सकेनन् भन्ने विषयमा समीक्षा हुनुपर्छ’, एमाले सचिवालयका तर्फबाट बिहीबार जारी वक्तव्यमा उल्लेख छ।

आयोजकहरुको योजनाविपरीत यस्ता विध्वंसात्मक र विनाशकारी घटना कसबाट र कसरी घटाइए भन्ने विषयमा यथार्थ छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनु पनि एमालेले माग गरेको छ। ‘यस विध्वंसका योजनाकार र दोषीहरुलाई कानुनी दायरामा ल्याइनुपर्छ भन्ने पार्टीको स्पष्ट मान्यता छ’, एमालेले भनेको छ।

प्रकाशित: २६ भदौ २०८२ १४:४७ | Thursday, September 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast