आयोगले गर्‍यो अध्यापन अनुमतिपत्रसम्बन्धी नयाँ व्यवस्था

हिमाल प्रेस २ असोज २०८२ १७:१६ | Thursday, September 18, 2025
6
SHARES
आयोगले गर्‍यो अध्यापन अनुमतिपत्रसम्बन्धी नयाँ व्यवस्था

काठमाडौँ- शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रसम्बन्धी नयाँ व्यवस्था गरेको छ। आयोगले तोकिएको योग्यता र आवश्यक तालिम पूरा गरेका शिक्षकहरूलाई आफ्नो अनुमतिपत्रमा उल्लेख भएको विषय बाहेक अन्य विषयको परीक्षामा पनि सहभागी हुन सक्ने व्यवस्था मिलाएको हो।

आयोगले २०८२ भदौ ३१ गतेको बैठकबाट उक्त निर्णय गरेको हो। यसअघि अध्यापन अनुमतिपत्रमा उल्लेखित विषयमै मात्र परीक्षा दिन पाउने व्यवस्था थियो। आयोगको ताजा निर्णयले सम्बन्धित शिक्षकहरूलाई थप अवसर प्रदान हुने आयोगका प्रवक्ताले बताएका छन्।

आयोगले जारी गरेको सूचनामा भनिएको छ,‘विभिन्न समयमा वितरण गरिएका अध्यापन अनुमतिपत्र प्राप्त व्यक्तिहरूले कानुनबमोजिम तोकिएको योग्यता र तालिम पूरा गरेको खण्डमा अनुमतिपत्रमा उल्लेख भएको विषयबाहेकका विषयमा पनि परीक्षा दिन सक्नेछन्।’

प्रकाशित: २ असोज २०८२ १७:१६ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast