आफ्ना नागरिकलाई भारतीय दूतावासले जारी गर्‍यो यात्रा परामर्श

हिमाल प्रेस ३ असोज २०८२ २०:५६ | Friday, September 19, 2025
आफ्ना नागरिकलाई भारतीय दूतावासले जारी गर्‍यो यात्रा परामर्श

काठमाडौँ- काठमाडौँस्थित भारतीय दूतावासले नेपाल यात्रा गर्ने आफ्ना नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। जेनजी आन्दोलनका क्रममा भएका हिंसाका घटनाहरूतर्फ संकेत गर्दै भारतीय दूतावासले यस्तो यात्रा परामर्श जारी गरेको हो।

नेपालमा विगत एक सातादेखि परिस्थितिमा उल्लेखनीय सुधार भए तापनि यात्राको क्रममा दूतावास वा नेपालका स्थानीय कार्यालयहरूले जारी गर्ने सूचना तथा परामर्श गर्न अनुरोध गरेको छ।

सडक यातायात्र र हवाई उडानहरू हाल नियमित रूपमा सञ्चालन भइसकेको र जनजीवन सामान्यतर्फ फर्किइरहेको दूतावासले जनाएको छ।

नेपालमा रहेका भारतीय नागरिकलाई कुनै प्रकारको सहयोग आवश्यक परे ९८०८६०२८८१, ९८५१३१६८०७ लगायतका नम्बरमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।

प्रकाशित: ३ असोज २०८२ २०:५६ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast