अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउँदै

हिमाल प्रेस ६ असोज २०८२ ११:१३ | Monday, September 22, 2025
अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउँदै

काठमाडौँ- एक महिनादेखि अवरुद्ध नेपाल-चीन जोड्ने अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउँदैछ। बाह्रबिसेदेखि कोदारी खण्डका बिभिन्न पाँच ठाउँमा खसेको पहिरो पन्छाएसँगै हिजो ट्रर्याक खुलेको छ।

आज सडक सफा गरी ग्राभेलको काम सकाएर सवारी सञ्चालनमा ल्याइने सडक डिभिजन चरिकोटका सूचना अधिकारी सुरज महर्जनले जानकारी दिए। उनका अनुसार सडक खुलाउन चार वटा एस्काभेटर, ३ वटा लोडर, र ४० जनासम्म कामदार खटिएका छन्।

अन्तरिम सरकारका भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले बाटो खुलाउने कामलाई तीव्रता दिन निर्देशन दिएका थिए। असोज ३ गते तातोपानी भन्सार कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा स्थानीयको माग सम्बोधन गर्ने र स्थानीयले पहिरो हटाउन अवरोध नगर्ने सहमति भएको थियो।

लेदोसहितको पहिरो खसेपछि सडक भदौ ८ गते यता ठप्प थियो। बाटो बन्द हुँदा स्थानीयसँगै चीन-नेपाल व्यापारसमेत प्रभावित भएको थियो।चनियाँ सीमामा सामान बोकेका १५ सय बढी कन्टेनर रोकिएका छन्। केही कन्टेनर भने कोरला नाका हुँदै नेपाल आएका छन् । नाका खुलेपछि चीनतर्फ अड्किएका दशैँका सामान ल्याउन सहज हुनेछ। रासस

प्रकाशित: ६ असोज २०८२ ११:१३ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast