अब ढाकछोपको राजनीति चल्दैन : उपमेयर डंगोल

हिमाल प्रेस २ असोज २०८२ १२:५० | Thursday, September 18, 2025
अब ढाकछोपको राजनीति चल्दैन : उपमेयर डंगोल काठमाडौँ उपमहानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल

काठमाडौँ- काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोलले अबको राजनीति ढाकछोप र बहानामा होइन जबाफदेही र पारदर्शितामै आधारित हुनुपर्ने बताएकी छन्।उनका अनुसार जेनजी पुस्ताले सुरु गरेको सुशासन र समृद्धिको आन्दोलन आक्रोश मात्र नभई वास्तविक परिवर्तनको मागको अभिव्यक्ति हो।

सामाजिक सञ्जालमार्फत डंगोलले आन्दोलनका क्रममा ज्यान गुमाउने परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। उनले भनेकी छन्, ‘राष्ट्र शोकमा छ। असंख्य परिवारले आफ्ना सन्तान गुमाएका छन्। शोकमा रहेका परिवारजनलाई हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। दोषी जो कोही भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्छ।’

उनले आन्दोलनका क्रममा भएको जनधनको क्षति, हत्या र तोडफोडबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएकी छन्। डंगोलले थपिन्, ‘सहिदको रगतले लेखिएको इतिहासलाई हामीले बिर्सन सक्दैनौँ। बलिदान खेर जान दिनु हुँदैन। बिग्रेकोलाई सुधार्ने, बनेकोलाई मजबुत बनाउने जिम्मेवारी हाम्रो हो। अबको राजनीति जबाफदेही र पारदर्शितामा टेकेर अघि बढ्नुपर्छ। दलहरूले विगतका कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प छैन।’

प्रकाशित: २ असोज २०८२ १२:५० | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast