जेनजी प्रदर्शनले नयाँ अवसर दिएको छ, विदेशमा रहेका नेपालीलाई मतदान व्यवस्था हुनुपर्छ : गृहमन्त्री

हिमाल प्रेस २ असोज २०८२ १५:३७ | Thursday, September 18, 2025
जेनजी प्रदर्शनले नयाँ अवसर दिएको छ, विदेशमा रहेका नेपालीलाई मतदान व्यवस्था हुनुपर्छ : गृहमन्त्री गृहमन्त्री ओमप्रकाश अर्याल। फाइल तस्बिर।

काठमाडौँ- गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा आज निर्वाचन आयोगमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रविधिको प्रयोगमार्फत विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने तथा निर्वाचित जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउने अधिकारलाई संस्थागत गर्नुपर्ने धारणा राखेका हुन्।

गृहमन्त्री अर्यालले वर्तमान सरकारको प्रमुख जिम्मेवारी स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै जेनजी प्रदर्शनले नयाँ अवसर सिर्जना गरेको बताए।

उनले जनताले वैधानिक मार्गबाट प्रतिनिधि चुन्ने अवसर पाएको भन्दै निर्वाचनमा सबैको ध्यान केन्द्रित हुनुपर्ने पनि बताए।

प्रकाशित: २ असोज २०८२ १५:३७ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast