खाजाघरमा अनैतिक क्रियाकलाप, एकैचोटि १९ सञ्चालक पक्राउ

हिमाल प्रेस १५ भदौ २०८२ २०:५६
26
SHARES
खाजाघरमा अनैतिक क्रियाकलाप, एकैचोटि १९ सञ्चालक पक्राउ

पोखरा- पोखरा महानगरपालिका–२, बागलुङ बसपार्कमा सञ्चालित १९ खाजाघरका सञ्चालक एकैचोटि पक्राउ परेका छन्। उनीहरूले लागुऔषध दुर्व्यसनकर्ताको अखडा बनाई होहल्ला गर्ने, यौनजन्य गतिविधिमा संलग्न हुने एवं सो क्षेत्र आसपासमा अशान्ति मच्चाउने कार्यमा संलग्न भएको आरोप छ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ। शुक्रबार दिउँसो २ बजे बागलुङ बसपार्कका विभिन्न खाजाघरहरूमा होहल्ला भई अनैतिक गतिविधि भई रहेको भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि राखेको निमित्त प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए। सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।

पक्राउ पर्नेहरुमा कास्कीको घान्द्रुक घर भई बागलुङ बसपार्कमा कुमारी खाजाघर सञ्चालन गर्ने ३७ वर्षीय प्रकाश गुरुङ, कास्कीको माछापुच्छ्रे गाउँपालिका घर भएका बिमला मगर एण्ड खाजा घर सञ्चालन गर्ने वर्ष ३३ की बिमला मगर, म्याग्दी घर भई हाल सफल सचिन खाजाघर सञ्चालकका २४ वर्षीया मनदेवी घर्ती, कास्कीको मादी घर भएकी बेलकुमारी एण्ड खाजाघर सञ्चालन गर्ने वर्ष २३ की बेलकुमारी रानाभाट छन्।

यस्तै, सीमा सुकुटी हाउस सञ्चालक मादीकी वर्ष ४० की मीनाकुमारी गुरुङ, सरिता खाजाघर सञ्चालक कुष्माकी ३५ वर्षीया सरिता परियार, मीना खाजाघर सञ्चालक म्याग्दी मराङकी ३५ वर्षीया मीना सिर्पाली, खाजाघरको नाम नभएको काभ्रेकी ५० वर्षीया निरु तामाङ, मनीषा खाजाघर सञ्चालक कास्कीको अन्नपूर्णकी वर्ष ४२ की राधिका नेपाली, सृष्टि खाजाघरकी सञ्चालक मादीकी ४० वर्षीया टीकामाया तामाङ, जेनिसा रेष्टुरेन्ट सञ्चालक २८ वर्षीया विष्णु किसान, आरभ खाजाघर सञ्चालक ३५ वर्षीया आशा मगर, गिभिर खाजाघर सञ्चालक ४२ वर्षीया माया कार्की, खाजाघरको नाम नभएको ३५ वर्षीया मनकुमारी किसान, हिम फ्रेस खाजाघर सञ्चालक ४९ वर्षीया मञ्जु लामा, दीपक खाजाघर सञ्चालक ४४ वर्षीया लक्ष्मी बि.क., पोख्रेली कान्छी खाजाघर सञ्चालन गरी बस्ने वर्ष ३७ की आशा तामाङ, बागलुङ कालिका खाजाघर सञ्चालन गरी बस्ने वर्ष ३१ का सुवास दर्जी र अञ्जु मञ्जु खाजाघर चलाउने ४५ वर्षीया सीता परियार पनि पक्राउ परेका हुन्।

बागलुङ बसपार्कलाई विगतमा यौनको अखण्डाको रूपमा हेरिन्थ्यो। विगतमा पटकपटक कास्की प्रहरीले यहाँ छापा मार्ने गरेको थियो।

प्रकाशित: १५ भदौ २०८२ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast