२८ वर्षअघि विश्वलाई स्तब्ध बनाएको त्यो घटना

हिमाल प्रेस १५ भदौ २०८२ १४:०२
14
SHARES
२८ वर्षअघि विश्वलाई स्तब्ध बनाएको त्यो घटना वेल्सकी राजकुमारी (प्रिन्सेस अफ वेल्स) डायना। फाइल तस्बिर : पीए

विश्वभरका हरेकजसो टेलिभिजन च्यानलहरू एकाएक प्रत्यक्ष प्रसारण गर्न थाले। विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर पोपसम्मले शोक व्यक्त गरेर श्रद्धाञ्जली दिए। करोडौँ बेलायती नागरिक एउटा महिलाको सम्मानमा लन्डनको केन्द्रमा तीर्थयात्रा जस्तै गरी हिँडेको त्यस दिन सन् १९९७ को अक्टोबर ३१ थियो। २८ वर्षअघि आजकै दिन भएको त्यो घटनामा वेल्सकी राजकुमारी डायनाको निधन भएको थियो। त्यतिबेला उनको उमेर ३६ वर्ष थियो।

कार दुर्घटना पेरिसको पो दे ल अल्मा सुरुङभित्र भएको थियो। दुर्घटना फ्रान्सेली राजधानी पेरिसको रिट्ज होटल छाडेर साथी डोडी अल फाये ह्यारोड्सका मालिक मोहम्मद अल फायेका छोरासँग निस्किएपछि भएको थियो।  दुर्घटनामा डोडी अल फाये र गाडी चालक पनि मारिएका थिए। राजकुमारी सवार मर्सिडिज कारलाई मोटरसाइकलमा रहेका फोटोग्राफरहरूले उच्च गतिमा पछ्याइरहेका बेला गाडी दुर्घटनाग्रस्त भएको थियो।

अल फाये र चालकको घटनास्थलमै मृत्यु भएको थियो भने राजकुमारी र उनका अंगरक्षकलाई उद्धार गरेर अस्पताल लगिएको थियो।

बकिंघम राजदबारले रानी र वेल्सका युवराज गहिरो आघात र पीडामा रहेको भनेर वक्तव्य जारी गरेको थियो। तत्कालीन युवराज चार्ल्सले स्कटल्यान्डको बाल्मोरल दरबारमा बिदा बिताइरहेका युवराज विलियम र युवराज ह्यारीलाई आमाको मृत्युको खबर दिएका थिए। त्यस बेला विलियम १५ र ह्यारी १२ वर्षका थिए। उनीहरू हजारौँ समर्थकसँग लन्डनको सडकमा आफ्नी आमाको शवयात्रामा सहभागी भएका थिए।

२८ वर्ष बितिसक्दा पनि डायना ब्रिटिस राजपरिवारकी सदस्य मात्र होइनन्- उनी विश्वको ‘पिपुल्स प्रिन्सेस’ का रूपमा सधैँ सम्झिइन्छिन्। उनको मृत्युले त्यतिबेला राजतन्त्र, मिडिया र सार्वजनिक जीवनबीचको सम्बन्धमाथि गहिरो प्रश्न खडा गरेको थियो।

प्रकाशित: १५ भदौ २०८२ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast