महिला च्याम्पियन्स लिग : अल नासरसँग भिड्दै एपीएफ

हिमाल प्रेस १५ भदौ २०८२ ११:४३
4
SHARES
महिला च्याम्पियन्स लिग : अल नासरसँग भिड्दै एपीएफ

काठमाडौँ- एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा समूह ‘बी’ आफ्नो अन्तिम खेलमा एपीएफ क्लबले आज साउदी अरेबियाको अल नासरसँग खेल्दैछ।

उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुने खेलमा एपीएफ सान्त्वना जितको खोजीमा हुनेछ। लगातार दुई खेलमा पराजित भएको एपीएफको अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना सकिएको छ।

एपीएफ पहिलो खेलमा उज्बेकिस्तानको नासाफ पीएफसीसँग ३-० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा थाइ क्लब कलेज अफ एसियन स्कोलार्ससँग ५-० ले पराजित भएको थियो।

पहिलो खेलमा थाइ क्लब र दोस्रो खेलमा नासाफसँग पराजित भएको अल नासर पनि सान्त्वना जितकै खोजीमा हुनेछ। प्रारम्भिक चरणमा रहेका ५ समूहबाट शीर्ष हुने टोलीहरू तथा ५ मध्ये एक उत्कृष्ट उपविजेताले अघिल्लो चरणमा स्थान पक्का गर्नेछ।

प्रकाशित: १५ भदौ २०८२ ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast