
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। आइतबार एकैपटक तोलामा ३ हजार रुपैयाँले वृद्धि भई छापावाल सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ। यो मूल्य अहिलेसम्मकै नयाँ रेकर्ड हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि शुक्रबार तोलामा २ लाख ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार नयाँ मूल्यसहित बिक्री भइरहेको छ।
यसैबीच, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँमा रहेको चाँदी आइतबार तोलामा २ हजार ४२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित: १५ भदौ २०८२ १०:५२
प्रतिक्रिया