पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

हिमाल प्रेस १५ भदौ २०८२ १०:३२
8
SHARES
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध प्रतिनिधिमूलक तस्बिर।

जुम्ला- कर्णाली राजमार्ग सडकअन्तर्गत कालीकोटको गगनेखोलामा शनिबार राति गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले अविरल वर्षाको कारण यस डिभिजनको कार्यक्षेत्र कालीकोटको गगनेखोलामा पहिराले सडक अवरुद्ध भएको जानकारी दिए ।

वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रिको समयमा यात्रा नगर्ने सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी दिएको उनले बताए । वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौं-गिरेगडा सडक अवरुद्ध भएको छ। सडकखण्डको दशरथचन्द नगरपालिका २ सुन्दरखाली नजिक सडकमा पहिरोसँगै ढुंगा खसेर सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि ढुंगाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । पहिरो पन्छाउन सडक डिभिजन कार्यालयको उपकरणले प्रयास गरे पनि पहिरोसँगै खसेको ढुंगाले गर्दा समस्या भएको उनले बताए। उनले भने, ‘हिजो रातिसम्म जेसिभीले पहिरो पन्छाउन प्रयास गरे पनि ठूलो ढुङ्गाका कारण सम्भव हुन सकेन।’ आज स्काभेटरको सहायताले ढुंगा हटाइने र सडक सञ्चालन गरिने उनले बताए ।

बैतडीसहित सुदूरपश्चिममा आज गौरापर्व मनाइँदैछ । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। सवारी आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्री बीच बाटोमै अलपत्र परेका छन्। पहिरो पन्छाएर यातायात सञ्चालन हुन केही समय लाग्ने प्रहरीले जनाएको छ। रासस

 

प्रकाशित: १५ भदौ २०८२ १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast