निजी विद्यालयका शिक्षक कर्मचारीका अधिकार सुनिश्चित गर्न सरकारसँग माग

हिमाल प्रेस १५ भदौ २०८२ १०:२८
108
SHARES
निजी विद्यालयका शिक्षक कर्मचारीका अधिकार सुनिश्चित गर्न सरकारसँग माग

काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले निजी विद्यालयका शिक्षक तथा कर्मचारीका सेवासुविधा र अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाही र महासचिव प्रकाश खनालले जारी गरेको विज्ञप्तिमा निजी विद्यालयहरूले शिक्षामा पुर्‍याएको योगदानको कदर गर्दै पनि राज्यले शिक्षा व्यवस्थापन र सुनिश्चित गर्नुपर्ने दायित्वबाट पन्छिन नहुने उल्लेख गरिएको छ।

संगठनले विशेष गरी निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका लागि सामुदायिक विद्यालय सरह नियुक्तिपत्र वा कार्यसम्झौता अनिवार्य बनाउनुपर्ने, समान सुविधा सुनिश्चित गर्नुपर्ने र योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने माग अघि सारेको छ।

‘निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरू शिक्षाको मेरुदण्ड हुन्। उनीहरूको रोजगारी, सुरक्षा र सामाजिक प्रतिष्ठा सुनिश्चित नगरी शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि सम्भव छैन,’ विज्ञप्तिमा भनिएको छ।

संगठनले निर्माणाधीन शिक्षा ऐनमार्फत यी मुद्दाहरू सम्बोधन गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ। साथै, सबै विषयमा संवाद र समाधानका सम्भावना खुला राख्नुपर्नेमा पनि जोड दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast