नेसपा नयाँ शक्तिको गैरभौगोलिक प्रदेश समितिको पहिलो विस्तारित बैठक सम्पन्न

हिमाल प्रेस १५ भदौ २०८२ १०:११
50
SHARES
नेसपा नयाँ शक्तिको गैरभौगोलिक प्रदेश समितिको पहिलो विस्तारित बैठक सम्पन्न

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गैरभौगोलिक प्रदेश समितिको पहिलो विस्तारित बैठक सम्पन्न गरेको छ। पार्टी केन्द्रीय कार्यालय, तीनकुनेमा शनिबार भएको बैठक पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैठक प्रदेश संयोजक जेकेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा बसेको थियो। कार्यक्रममा पार्टी उपाध्यक्ष एवं प्रदेश उत्प्रेरक ईश्वर रिजाल, उपाध्यक्ष टेकम बाठा मगर, महासचिव सोनाम स्याङ्तान, प्रवक्ता कृष्ण शर्मा, विज्ञ परिषद् प्रमुख हिसिला यमी, निर्वाचन आयोग प्रमुख रामकुमार पुरी, कृषक उत्प्रेरक अमृत पुरी लगायतका नेताहरूको उपस्थिति थियो।

बैठकले पार्टीलाई वैकल्पिक राजनीतिक शक्ति बनाउँदै देशभर संगठन विस्तार र निर्माण अभियानलाई तीव्रता दिने निर्णय गरेको छ। साथै, गैरभौगोलिक प्रदेश समितिको कार्ययोजना, संगठनात्मक सुदृढीकरण तथा आगामी राजनीतिक कार्यक्रमबारे समेत विस्तृत छलफल भएको पार्टीले जनाएको छ।

प्रकाशित: १५ भदौ २०८२ १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast