रूपन्देही ३ को उम्मेदवार टुंग्याउँदै रास्वपा

हिमाल प्रेस १५ भदौ २०८२ ८:०५
10
SHARES
रूपन्देही ३ को उम्मेदवार टुंग्याउँदै रास्वपा

काठमाडौँ- आगामी कात्तिक १७ गते रूपन्देही ३ मा हुने उपनिर्वाचनका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार टुंग्याउँदैछ। पार्टीका प्रवक्ता मनीष झाका अनुसार आज दिउँसो १:३० बजे सचिवालय बैठक बस्नेछ। पार्टीका कार्यवाहक सभापति डीपी अर्यालको आह्वानमा आज पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने र त्यसपछि उम्मेदवार घोषणा गरिने प्रवक्ता झाले बताएका छन्।

उनका अनुसार आजको सचिवालय बैठकमा रूपन्देही ३ का लागि उम्मेदवार छनोटका साथै प्रवास विशेष अभियान सञ्चालन र विविध विषयमा छलफल हुनेछ। बैठकपछि रूपन्देही ३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणाका साथै पार्टी प्रवेशको कार्यक्रम पनि रहेको प्रवक्ता झाले जानकारी दिएका छन्।

 

प्रकाशित: १५ भदौ २०८२ ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast