बिहार प्रवेश गरेको भनिएका पाकिस्तानी ‘तीन आतंकवादी’ मलेसिया फर्किएको पुष्टि

हिमाल प्रेस १२ भदौ २०८२ १९:५७
30
SHARES
बिहार प्रवेश गरेको भनिएका पाकिस्तानी ‘तीन आतंकवादी’ मलेसिया फर्किएको पुष्टि बिहार प्रहरीले सार्जनिक गरेको शंकास्पदहरूको तस्बिर। स्रोत : इन्डियाटुडे

काठमाडौँ- भारतले नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी गरेका तीनजना पाकिस्तानी नागरिक मलेसिया फर्किएको पुष्टि भएको छ। दुबईबाट काठमाडौँ आएका उनीहरू मलेसिया फर्किएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पुष्टि गरेका हुन्। भारतले उनीहरू तीनैजना आतंकवादी संगठन जैश–ए–मोहम्मदका सदस्य रहेको पनि दाबी गरेको छ।

तिवारीका अनुसार दुबई हुँदै नेपाल आएका तीनैजना पाकिस्तानी नागरिक भिन्नभिन्न मितिमा मलेसिया फर्किएका हुन्। ‘तीनैजना पाकिस्तानी नागरिक दुबई हुँदै काठमाडौँ आएको देखिन्छ,’ तिवारीले हिमालप्रेससँग भने, ‘फरकफरक मितिमा काठमाडौँ आएका उनीहरू फरकफरक मितिमा मलेसिया फर्किएका छन्।’

महानिर्देशक तिवारीले अध्यागमनको अभिलेखमा उनीहरूविरुद्ध कुनै कैफियत नदेखिएको जानकारी दिए। ‘हाम्रो रेकर्डमा केही देखिएको छैन। हाम्रोमा मात्रै होइन इन्टरपोलको रेकर्डमा पनि उनीहरू कालोसूचीमा छैनन्। त्यसैले रोक्नुपर्ने कुनै कारण देखिएन,’ तिवारीले भने।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेले भारतीय प्रहरीलाई उधृत गर्दै जैश–ए–मोहम्मदका आदिल हुसैन, हसनैन अली र मोहम्म उस्मान नेपाल हुँदै भारतको बिहार प्रवेश गरेको दाबी गरेको थियो। भारतको प्रहरी मुख्यालयले बिहारमा आतंककारी प्रवेश गरेकाले सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अध्यागमन विभागका अनुसार गत साउनमा काठमाडौँमा आएका उनीहरू फरकफरक मितिमा मलेसिया गएका हुन्। विभागका अनुसार असनैन अली बिहीबार (आज) मलेसिया गएका छन्। आदिल भदौ ८ र मोहम्मद उस्मान साउन ३० गते मलेसिया गएको विभागले जनाएको छ।

नेपाल हुँदै भारतमा जैश-ए-मोहम्मदका तीन आतंकवादी प्रवेश गरेको दावी

प्रकाशित: १२ भदौ २०८२ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast