योजना निर्माणको अभ्यास सच्चाउन चुनौति बेहोर्नुपरेको छ : अर्थमन्त्री

हिमाल प्रेस १२ भदौ २०८२ १५:०३
20
SHARES
योजना निर्माणको अभ्यास सच्चाउन चुनौति बेहोर्नुपरेको छ : अर्थमन्त्री उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौँ- उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौति बेहोर्नुपरेको बताएका छन्।

पूर्वयोजनाकारमञ्च नेपालले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा पौडेलले प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिनेगरि योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौति बेहोर्नुपरेको बताएका हुन्।

अहिले बजेट निर्माणमा तीन करोडभन्दा साना योजना संघीय सरकारले कार्यान्वयन नगर्ने विषय लागू गर्न समेत चूनौति खडा भएको उनले बताए।

उनले अपेक्षित रुपमा लगानी भित्राउन र देशभित्रकै लगानी परिचालनका लागि कानूनी सुधार गर्दै लगानीको वातावरण बनाउने जिकिर गरे।

पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा समेत जोड दिए। उनले विश्वव्यापी सन्दर्भ र परिस्थितिअनुसार अनुदानमुखी भएर अगाडि बढ्न नसकिने र मुलुकको विकासका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही रुपमा परिचालन गर्नुपर्ने बताए।

कार्यक्रममा योजना विज्ञहरुले मुलुकको समृद्धितर्फको यात्रालाई अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास गर्न सक्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast