पार्टीका विषयमा ओलीको गोप्य संवाद बाहिरिएपछि सचिवालयले भन्यो : भ्रामक हो

हिमाल प्रेस १२ भदौ २०८२ १२:०६
46
SHARES
पार्टीका विषयमा ओलीको गोप्य संवाद बाहिरिएपछि सचिवालयले भन्यो : भ्रामक हो

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विद्या भण्डारीका सम्बन्धमा सार्वजनिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही भदौ ११ गते पार्टीको आशन्न दोस्रो विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गरेको भनाइलाई हवाला दिएर कतिपय अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सूचना र समाचारका सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण भएको जनाइएको छ।

‘उक्त कार्यक्रम कुनै प्रशिक्षणमूलक थिएन, काठमाडौँ उपत्यकामै हुने विधान महाधिवेशनको पूर्व सन्ध्यामा काठमाडौँका महाधिवेशन प्रतिनिधिसँग अनौपचारिक भेटघाट मात्र थियो,’ सचिवालयले भनेको छ, ‘भदौ ११ गते नै विधान महाधिवेशन हुने ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेटघाट भएको थियो।

काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरु स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको सचिवालयको टिप्पणी छ ।

भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राखेको सचिवालयले जनाएको छ ।

प्रकाशित: १२ भदौ २०८२ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast