
काठमाडौँ- फिल्म ‘कोशेढुंगा’ आजबाट प्रदर्शन भएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेको फिल्म आजबाट प्रदर्शनमा आएको हो ।ब्लड मनी, वैदेशिक रोजगारी र प्रेमको वरिपरि घुम्ने फिल्मले बुधबार प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो ।
फिल्म ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।
फिल्मको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् ।
प्रकाशित: १२ भदौ २०८२ ११:५९
प्रतिक्रिया