डडेल्धुरा जिप दुर्घटनामा मृत्यु हुने चार जनाको सनाखत

हिमाल प्रेस १२ भदौ २०८२ ११:५९
24
SHARES
डडेल्धुरा जिप दुर्घटनामा मृत्यु हुने चार जनाको सनाखत

डडेल्धुरा- डडेल्धुराको नवदुर्गा गाउँपालिका-५, चौडामा बिहीबार बिहान जिप दुर्घटना हुँदा मृत्यु हुने चार जनाको सनाखत भएको छ।

उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परी मृत्यु हुनेमा नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको जानकारी दिए।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा १८ वर्षीया सुशिला विक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र ३५ वर्षीय जिप चालक रामबहादुर साउद छन्।

घाइतेमध्ये सुशीला विक र चालक रामबहादुर साउदको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार बिहान करिब सवा ९ बजेतिर जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको अनुमान छ। दुर्घटनाको कारण भने खुल्न बाँकी छ।

प्रकाशित: १२ भदौ २०८२ ११:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast