डडेल्धुरामा जिप भिरबाट खस्यो, ४ को मृत्यु

हिमाल प्रेस १२ भदौ २०८२ १०:४२
18
SHARES
डडेल्धुरामा जिप भिरबाट खस्यो, ४ को मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- डडेल्धुरामा आज बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका-५, चौडको कच्ची सडकमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो। कच्ची सडक खण्डमा डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टले जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र ४ जनाको मृत्यु र ४ जना घाइते भएको जानकारी दिए।

मृतकको सनाखत र दुर्घटनाको कारण खुल्न बाँकी छ।

प्रकाशित: १२ भदौ २०८२ १०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast