
वीरगन्ज- नारायणी अस्पतालमा हैजाबाट संक्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् ।
अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उनले जानकारी दिए । छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ ।
बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको संक्रमण पुष्टि भएको छ । आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ । रासस
प्रकाशित: १२ भदौ २०८२ ९:१३
प्रतिक्रिया