चीनको परेडमा सहभागी हुनुअघि गम्भीरतापूर्वक सोच्न आवश्यक: जापान

हिमाल प्रेस ११ भदौ २०८२ २१:५३
22
SHARES
चीनको परेडमा सहभागी हुनुअघि गम्भीरतापूर्वक सोच्न आवश्यक: जापान

काठमाडौँ- युरोपेली तथा एसियाली मुलुकहरूलाई अर्को साता चीनले दोस्रो विश्वयुद्धको समाप्तिको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको सैनिक परेड र अन्य कार्यक्रमहरूमा सहभागी नहुन जापान सरकारले आग्रह गरेको छ। कूटनीतिक स्रोतहरूले आइतबार उक्त जानकारी दिएको भन्दै जापानको क्योदो न्यूजले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसमा सहभागी हुन जाने बताएका छन्। चीन नेपालकाे छिमेकी मुलुक हो भने जापान नेपालको दाता मुलुक हो। यसैले नेपालले चीनको निम्ता स्वीकार गरेपछि प्रधानमन्त्रीस्तरमा सहभागिता नजनाई त्यो भन्दा कम स्तरमा पनि सहभागी जनाउन सक्ने स्थान थियो। तर नेपालले जापानको यो प्रकारको गाम्भीर्यतालाई वास्ता नगरी चीनजाने तयारी गरेको छ। चीनले इतिहास नै बिगार्ने तवरले काम गरेकाे भन्दै जापानले यसमा असन्तुष्टि जनाउँदै आएको छ।

जापानले चीनको इतिहासको फरक प्रकारको व्याख्या अन्तर्राष्ट्रिय रूपमा फैलिन नदिने प्रयासस्वरूप यस्तो आग्रह गरेको हो। चीनले सन् १९३७–१९४५ को ‘जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी फाँसीवादी युद्ध’ मा आफ्नो विजयको सम्झनामा सेप्टेम्बर ३ मा बेइजिङको तियानमेन स्क्वायरमा परेड आयोजना गर्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसमा सहभागी हुन जाने बताएका छन्।

स्रोतहरूका अनुसार जापानले विदेशस्थित आफ्ना दूतावासमार्फत अन्य देशहरूलाई चीनको स्मृति कार्यक्रमहरूमा ‘जापान विरोधीभाव’ रहेको भन्दै सहभागी हुनुभन्दा पहिले गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेको छ।

उक्त कार्यक्रमहरूअघि चीनले सेप्टेम्बर १ देखि दुई दिनसम्म बेइजिङ नजिकैको टिआनजिनमा सांघाई सहयोग संगठन ‘एससीओ’ को शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सो सम्मेलन र त्यसपछि हुने युद्ध वार्षिकोत्सवमा सहभागी हुने अपेक्षा गरिएको छ।

चीनले सन् २०१५ मा ७०औं वार्षिकोत्सवको अवसरमा सैनिक परेड आयोजना गर्दा राष्ट्रपति सी चीनफिङले युद्धपछिका पुस्ताहरूले सही ऐतिहासिक दृष्टिकोण राख्नुपर्ने र इतिहासबाट शिक्षा लिनुपर्ने बताएका थिए।

उता त्यतिबेला जापानका प्रधानमन्त्री शिन्जो आबेले युद्धको समाप्तिको सन्देशमा भनेका थिए, ‘युद्धपछि जन्मिएका पुस्ताहरूलाई सधैँ माफी माग्न बाध्य बनाइनु हुँदैन।’ सन् २०१५ को परेडमा आबे र प्रमुख पश्चिमी देशका नेताहरू सहभागी भएका थिएनन्।

गत नोभेम्बरमा जापानी प्रधानमन्त्री शिगेरु इसिबा र चिनियाँ राष्ट्रपति सी चीनफिङबीच पेरुमा पहिलो प्रत्यक्ष भेटवार्ता भएको थियो, जहाँ दुवै नेताले ‘पारस्परिक रूपमा लाभदायक’ र ‘स्थिर’ सम्बन्ध कायम गर्ने सहमति गरेका थिए।

प्रकाशित: ११ भदौ २०८२ २१:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast