इजरायलले भन्यो – गाजा सिटी ‘खाली गर्नैपर्छ’

हिमाल प्रेस ११ भदौ २०८२ २०:१३
22
SHARES
इजरायलले भन्यो – गाजा सिटी ‘खाली गर्नैपर्छ’ फाइल तस्बिर : रासस/एपी

काठमाडौँ- इजरायलले प्यालेस्टिनीहरूले गाजा सिटी खाली गर्नैपर्ने चेतावनी दिएको छ। इजरायली सेनाले यस्तो चेतावनी दिएको हो। हाल त्यहाँ करिब १० लाख मानिस बसोबास गरिरहेका छन्।

इजरायली सेनाका प्रवक्ता अविखाय अदे्रईलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार प्यालेस्टिनीहरूलाई दक्षिण भागतर्फ जान आग्रह गरेका हुन्। दक्षिणी क्षेत्रमा पर्याप्त खाली ठाउँ रहेको र त्यहाँ जानेहरूलाई मानवीय सहायता उपलब्ध गराइने उनले बताएका छन्।

यो घोषणा त्यतिबेला गरिएको हो जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गाजाको युद्धपछि बनेको अवस्थाबारे ह्वाइट हाउसमा एक महत्वपूर्ण बैठक गर्न लागिरहेका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गाजाभर ७६ जनाको मृत्यु भएको छ र झन्डै तीन सय जना घाइते भएका छन्।

यसैबीच संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक क्षेत्रमा हजारौँ जैतुनका रूख काटिएको घटनाको निन्दा गरेका छन्। उनले यो कार्यलाई ‘प्यालेस्टिनीहरूलाई दमन र जबर्जस्ती गर्ने अर्को उदाहरण’ भएको बताएका छन्।

अमेरिकाका मध्यपूर्व दूत स्टिभ विटकफले राष्ट्रपति ट्रम्पको बैठकबारे जानकारी दिँदै भनेका छन्,‘युुद्धपछि अमेरिका गाजापट्टीको व्यवस्थापनका लागि व्यापक योजना तयार गर्दैछ। राष्ट्रपति ट्रम्पले पहिले नै स्पष्ट पारिसक्नु भएको छ कि– उनको योजना गाजामाथि नियन्त्रण कायम गर्ने र त्यहाँका नागरिकलाई स्थानान्तर गर्ने हो।’

प्रकाशित: ११ भदौ २०८२ २०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast